करेन्ट लागेर १० बोलबम तीर्थयात्रीको मृत्यु, १६ जना घाइते

सुनसरी । पश्चिम बङ्गालको कुचबिहार जिल्लाबाट पिकअप भ्यान चढेर जल चढाउन जलपाइगुडी जिल्लाको जल्पेश मन्दिरमा गइरहेका कम्तीमा १० बोलबम तीर्थयात्रीको करेन्ट लागेर मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइतेहरूलाई जलपाईगुडीको सुपर स्पेशलिटी अस्पतालमा भर्ना गरिएको छ।


डिजे बजाउनको लागि पिकअप भ्यानमा राखिएको जेनेरेटरमा सर्ट भएर दुर्घटना भएको प्रहरीको अनुमान छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । कूच बिहार जिल्लाको माथाभाङ्गाका अतिरिक्त पुलिस अधीक्षक अमित वर्माले भने, “गाडीमा जेनेरेटरबाट डीजी बजाइएको थियो। सर्ट सर्किटका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।’

उनले भने कि १६ जना घाइतेलाई जलपाईगुडीको अस्पतालमा भर्ना गरिएको छ । प्रहरीले गाडीलाई नियन्त्रणमा लिएको छ भने चालक भने फरार छन् । भ्यानमा सवार सबै बोलबम तीर्थयात्री सेतालकुचीका बासिन्दा थिए । दुर्घटनाबारे उनीहरूको परिवारका सदस्यलाई जानकारी गराइएको छ ।


कुचबिहारको सेटलकुचीबाट आएका तीर्थयात्रीहरूको समूहमा २७ जना रहेको प्रहरीले जनाएको छ । छेङ्दबन्धको धरला खोलाको पुल पार गर्ने क्रममा दुर्घटना भएको हो ।


कैयौं तीर्थयात्री अचेत अवस्थामा परेको देखेर भ्यान चालकले उनीहरुलाई छेङ्दबन्ध अस्पताल पुर्याएका थिए । त्यहाँ चिकित्सकले १० जनालाई मृत घोषणा गरेका थिए । जेनेरेटरमा सर्ट भएर दुर्घटना भएको घाइतेहरुले बताएका

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

सप्तकोशीको बाँध फुट्यो, ४ हजार घर परिवार उच्च जोखिममा

समय र पैसा बचत गर्नुहोस् घरमा काम गर्नुहोस्

2022 मा नेपालबाट UK मौसमी कार्य भिसाको लागि कसरी आवेदन दिने?